अर्थ-वाणिज्य

बिजुलीको महशुल : घरायसी उपभोक्ताको न्यूनतम शुल्क ३० रुपैयाँ,



 काठमाडौं ४ असार । विद्युत निमयन आयोगले बिजुलीको नयाँ शुल्क निर्धारण गरेको छ। विद्युत क्षेत्रको नियमन गर्ने उक्त आयोगले नयाँ दररेट निर्धारण गरेको हो। आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको छ।

            यही असारदेखि लागू हुने नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ। सिंगल फेजको तल्लो भोल्टेज (२३० भोल्टको) बिजुली प्रयोग गर्ने घरायसी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरे पुग्छ।

                तर यही फेजमा १५ एम्पियरमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ। ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ तिकिलोवाट शुल्क लाग्ने छ। ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

        सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ। उदाहरणका लागि सिंगल फेजको लाइनबाट बिजुली लिएर महिनामा चार सय युनिटभन्दा धेरै खपत गर्ने ग्राहकका लागि न्यूनतम शुल्क १७५ रुपैयाँ शुरुमा बिलमा जोडिन्छ।

१-२० युनिट : प्रति युनिट ३ रुपैयाँ  

२१-३० युनिट : प्रति युनिट ६.५० रुपैयाँ

३१-५० युनिट : प्रति युनिट ८ रुपैयाँ

५१-१५० युनिट : प्रति युनिट ९।५० रुपैयाँ 

१५१-२५० युनिट : प्रति युनिट १० रुपैयाँ 

२५१-४०० युनिट : प्रति युनिट ११ रुपैयाँ

         यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ। यसअघि देशमा लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिंदै आइएको थियो। पछिल्लो समय लोडसेडिङ हटेपनि शुल्क कायमै रहेको भन्दै उद्योगीहरुले सरकारको आलोचना गर्दै आएका थिए।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६