एजेन्सी, ५ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८५ लाख ७० हजार पार गरेको छ । विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै शुक्रबार विहानसम्म कूल संक्रमितको संख्या ८५ लाख ७० हजार ३८४ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ । ३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् । उपचाररथ ५४ हजार ४८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना निको भएका छन् । कोरोनाका कारण युरोपियन देशहरुमा १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ । २२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना निको भएका छन् ।
दक्षिण अमेरिकी देशहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना निको भएका छन् ।
ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना निको भएका छन् । अफ्रिकी देशहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना निको भएका छन् ।
प्रतिक्रिया