गण्डकी

आज थप २४ जनामा संक्रमण पुष्टि, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो



कास्की, ५ असार ।  गण्डकी प्रदेशमा शुक्रबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब) २ र स्याङ्जामा २ गरी २४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो । संक्रमितहरु ४ जना महिला र २० जना पुरूष हुन् । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले आज विज्ञप्ती जारी गरी संक्रमितहरुको पुष्टि गर्नुभएको हो ।

        संक्रमित हुनेहरूमा नवलपरासी बर्दघाट (सुस्ता पूर्ब) विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ ।

        कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन् ।  त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ । यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ ।स्याङ्जाका २ जनामा कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय एक जना पुरुष हुन् । अर्का एक जनाको ठेगाना खुल्न सकेको छैन । संक्रमित सबैजना भारतबाट फर्किएका हुन् ।


प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६