प्रदेश

क्वारेण्टाइनमा बसेका ब्यक्तिको मृत्यू



गुल्मी ५ असार । गुल्मीमा होम क्वरेण्टीनमा बसेका ६९ बर्षका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ब्यक्ति  रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले प्रेसपाटीलाई जानकारी दिनुभयो ।दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनु भएको थियो ।शुक्रबार उहाँको स्वाब निकालेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाएकोछ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिनुभयो ।

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६