अर्थ-वाणिज्य

कञ्चनमा म्यादी प्रहरीलाई दैनिक ८ सय पचास, क्वारेण्टाइनमा बस्नेलाई ३ सय



कपिलवस्तु ५  असार  । बन्दाबन्दीका कारण दुई छाक टार्न समस्या भएका बिपन्न घरपरिवारलाई केही समय अघि धमाधम स्थानिय सरकारले राहत वितरण ग¥यो । दैनिक मजदुरी गरि छाक टार्ने घरपरिबारलाई सरकारले त्यसरी दिदा निकै खुसी पनि देखिन्थ्ये । केही दिनलाई पुग्नेगरि दिएको राहत सकिएपछि अहिले भने दैनिकी जिवन निर्वाहमा समस्या देखिन थालेको छ । दिनप्रतिदिन कोरोनाको महामारी बढ्दै जादा काम गर्ने बातावरण पनि बन्न सकेको छैन ।  तर यहि समस्यालाई रुपन्देहीको एक स्थानिय तहले सम्बोधन गर्ने प्रयास स्वारुव बिभिन्न खालका रणनिति अपनाएको छ । 

    त्यो पालिका हो कञ्चन गाउपालिका जहा काम गर्न सक्ने तर रोजगारी नपाएकाहरुलाई अहिले धमाधम रोजागरि दिईरहेको छ । गाउका बेरोजगार युवा यतिबेला सडक निर्माण ,बिद्यालयको भवन निर्माण ,बृक्षारोपण ,कुलोनाली सरसफाई लगाएतका काम ब्यस्त भएको छन । भने काम गर्न नसक्ने बृद्धबृद्धा ,अशक्त ,अपांग भएका ब्यक्तिहरुका लागि भने आवश्यक पर्ने राहत दिईरहेको गाउपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले बताउनुभयो । यतिमात्र होईन गाउपालिकाका २० जना युवालाई प्रत्येक ५ वडामा निर्माण गरिएका क्वारेन्टाईनहरुमा म्यादि प्रहरीको रुपमा खटाएको छ । गाउँगाउँमा जनचेतना फैलाउन संगै क्वारेन्टाईनको सुरक्षा र सुरक्षाकर्मीलाई साथ दिने गरि उनीहरुलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष क्षेत्रीले जानकारी गराउनुभयो । 

    अहिले पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गरिरहेका छन । उनीहरुलाई दैनिक ३ सय बराबरको खाना नास्ता संगै दैनिक ५०० भत्ता गरि साढे ८ सय दैनिक रुपमा गाउपालिकाले पारिश्रमिक दिईदै आएको छ । यस्तै गाउपालिकाले सुरक्षाकर्मी ,स्वास्थ्यकर्मीलाई पनि अतिरिक्त सेवा सुबिधा दिदै आएको उहाको भनाई छ । यता क्वारेन्टाईनमा बस्नेहरुका लागि पनि दैनिक ३ सय रकमको बराबरको २ पटक नास्ता र २ पटक खाना खुवाउदै आएको छ । भने क्वारेन्टाईनमा रहनुभएकाहरु लागि बाहिरी जिल्लाबाट मनोपरामर्श बिज्ञहरुलाई सबै वडामा परिचालन गरिएको बताउनुभयो । संगै योग प्रशिक्षणका कामहरु पनि चल्दै आएका छन । यता लकडाउनकै बिचमा दलित र मुसहर बस्ती संगै बिपन्न गैर दलितका लागि घर समेत निर्माण भईरहेको उहाको भनाई छ । 

    यता गाउपालिका अध्यक्ष क्षेत्रीले आगमी आर्थिक बर्षमा कोरोना केन्द्रित बजेट आउने र कृषि ,शिक्षा संगै रोजगार केन्द्रित कार्यक्रमका प्याकेज ल्याउने तयारी भएको बताउनुभयो । अहिले गाउपालिकामा बिदेशबाट फर्कि आएकाहरुलाई गाउमै रोजगारी सिर्जना गरि स्वारोजगार बनाउने त्यस्तै खालका कार्यक्रम आउने र यसबर्षको बजेटले सम्बोधन गर्ने गरि गाउपालिकाले तयारी शुरु गरेको छ । 

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६