अर्थ-वाणिज्य

बिश्वका १०० उत्कृष्ट शहरमा सूचीकृत नगरले ल्यायो आकाशे पुल सहितको नीति र कार्यक्रम



कपिलवस्तु ५ असार ।  बिश्वका १०० राम्रो ब्यवस्थापन भएका शहरको सूचीमा एचिभमेण्ट अवार्ड नामको बेलायति सस्थाद्धारा सूचिकृत वाणगंगा नगरले चौथो बर्षको वजेट अहिले सम्म नभएका काममा केन्द्रित गरि ल्याउने गरी नीति तथा कार्यक्रम पारित गरेकोछ ।  नगरपालीकाले कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामाको प्रमथ वैठकमा नगर उप प्रमुख चक्रपाणी अर्यालले कोरोना भाइरसवाट बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।   प्रस्तुत नीति तथा कार्यक्रममाथि यस अघि नगरले विभिन्न सरोकारवाला निकाय संग रायसुझावका आधारमा जनप्रतिनिधिका विच १ सय १८ वुदे लामो योजना र कार्यक्रम सार्वजनिक गरेको हो । घोषित नीति अनुसार जीतपुर ४ नम्वरमा विशाल बुद्धमूर्ति शहितको आकासे पुल बन्नेछ । यस्तो पुल सायद कपिलवस्तुका अरु कुनै पालिकाले वनाउने छैनन् । यस क्षेत्रकै आधुनिक बसपार्क, फाहोर प्रशोधन सहितको डम्पीङ साइट , नगरभित्र फराकिलो रिङरोड , सुरक्षाकालागि नगर प्रहरी जस्ता यस अघि नभएका काम चौथो बर्षमा हुने गरी नीति कार्यक्रम आएको हो। 

        कोभिड—१९ ले वाणगंगा नगरभित्र आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट व्यवस्थापनका लागि स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु पहिलो प्राथमिकता रहेको र कृषि क्षेत्रमार्फत समृद्ध नगर स्थापीत गर्ने गरि योजनाहरु अघि सारेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको उप प्रमुख चक्रपाणी अर्यालले वताउनु भयो । बिदेशबाट फर्किएकाहरुलाई गाँउमै स्वारोजगार बनाउने खालका सिपमुलक कार्यक्रम पनि कार्यक्रममा समेटीएको छ । 

        नीति तथा कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पोषण, युवा, शीप, उद्यमशीलता, जेष्ठ नागरिक, अपाँगता,  महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित गरि वनाईएको छ । यस्तै वातावरण सुधार, नदिजन्य पदार्थ व्यवस्थापन, पर्यटनलाई पनि कार्यक्रममा समावेश गरिएको छ । यसबर्ष नगरपालिकाले करिब १ अर्ब १० करोडको हारहारीमा वजेट वनाउने गरि कार्यक्रम ल्याएको हो । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी लगाएतको सहभागीता रहेको थियो । 

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६