गण्डकी

आज थप ५८ जना संक्रमित, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो



कास्की, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जना संक्रमण पुष्टि भएसँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । शनिवार ७ जिल्ला तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

        संक्रमितमध्ये एक महिला, एक बालिका र एक बालक छन भने बाँकी ५५ जना १६ वर्षदेखि ४७ वर्षसम्मका पुरूष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी  दिनुभयो ।  नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना रहेका छन् ।  यस्तै ब्यास नगरपालिकामा  दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

        नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका ११ जना छन् । यस्तै मध्यविन्दु नगरपालिकाका  दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नवलपुरकै बौदीकाली गाउँपालिकाका एक जना पुरुष, विनयत्रिवेणी गाउँपालिका एक जना पुरुष र देवचुली नगरपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

        बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् ।  यस्तै गोरखाको भीमसेन नगरपालिकामा  पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको मादी गाउँपालिका एक पुरुष र १९ महिनाकी बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

        यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा एक वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेका छन् उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनइएको छ ।


प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६