प्रदेश

भारी वर्षाले बाढी–पहिरोको खतरा, सतर्क रहन आह्वान



काठमाडौं, ६ असार ।  मनसुन सुरु भएसँगै मुलुकभर वर्षा हुन थालेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भूभागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । 

        आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने हुँदा विभिन्न नदीमा पानीको वहाव बढ्ने, बाढी र पहिरो जाने, सडक तथा हवाई यातायातसमेत  प्रभावित हुने सम्भावना  रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

        भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा न्यून चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले मुलुकका विभिन्न स्थानमा दिउँसोसम्म भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही भूभाग तथा कर्णाली र सुदूरपश्चिमका एक – दुई स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेकाले सतर्क रहन महाशाखाले अपिल गर्दै सर्वसाधारणमा आह्वान गरेको छ ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६