लुम्बिनी

गुल्मीमा एक बालकको शव फेला



गुल्मी, ६ असार ।  गुल्मीको रिडीमा खोलाले बगाएर ल्याएको एक वालकको शव फेला परेको छ । रुरुक्षेत्र गाउँपालिका १ को साँखरमा करिब १५ वर्षीय एक वालकको शव शुक्रबार साँझ रिडी खोला किनारमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

        बेवारिसे अवस्थामा फेला परेको शवको टाउकोमा चोट लागेको र हातमा माछा मार्नका लागि प्रयोग गरिने जालको रसी समेत बेरिएको छ । जिल्लामा  केही दिनदेखि लगातार रुपमा पानी परिरहेको र खोलामा ठूलो बाढी आएका कारण माछा मार्नका लागि खोलामा गएको अवस्थामा खोलाले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

        शवको सनिवार बिहानसम्म पनि पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा राखिएको र पहिचानका लागि प्रहरीले गुल्मीका प्रहरी चौकी लगायत सबै तिर सूचना जारी गरिसकेको जनाएको छ ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६