गुल्मी ६ असार। गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस कोभिड १९ पोजिटिभ आएको छ ।छत्रकोट गाउँपालिका वडा नम्बर ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।
६ असार २०७७, शनिबार
प्रतिक्रिया