कपिलवस्तु ६ असार । एउटै पालिकामा १६८ जना संक्रमित भएको देशकै संक्रमणको किल्ला बनेको कपिलवस्तुको यशोधरा गाउपालिकका सबै क्वारेण्टाइन रित्तिएकाछन् । त्यहा रहेका २७ क्वारेण्टाइनमा एकजना पनि नरहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले शनिवार सार्वजनिक गरेको विवरणमा उल्लेखछ । यता कपिलवस्तुका १० पालिकाका क्वारेण्टाइनमा शनिवार सम्म जम्मा ८३५ जना मात्र रहेको बिबरण सार्वजनिक भएको छ ।
जस अनुसार सबैभन्दा बढी बुद्धभूमी र बाणगंगामा रहेका छन् । बुद्धभूमीको क्वारेण्टाइनमा १९५ र बाणगंगाको क्वारेण्टइनमा १९४ जना मात्र रहेका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा १२५ विजयनगर गाउपालिकमा ११६ ,शुद्धोधन गाउपालिकामा ९५ जना क्वारेण्टाइनमा रहेका छन् । यसैगरी शिवराजमा ७७ ,महाराजगंजमा ३२ र कृष्णनगरमा १ जना मात्र क्वारेण्टाइनमा रहेका छन् । कपिलवस्तुमा हाल सम्म ६७८ जना संक्रमित भएकोमा यशोधरामा १६८ जना, महाराजगंजमा १२२ जना , शिवराजमा ६९ जना ,कपिलवस्तु नगरपालिकामा ३७ जना, विजयनगर गाउपालिकमा ३०, कृष्णनगरमा ७१ जना ,मायादेविमा ७५ जना ,शुद्धोधन गाउपालिकामा ३६ जना संक्रमित रहेका छन् । यता बाणगंगामा ३५ र बुद्धभूमीमा ३४ जना रहेका छन् । स्वावसंकलन भएको तर नतिजा नआएको तर्फ बुद्धभूमीमा १७२ जना ,यशोधरामा ७६ जना , बाणगंगमा ५९ जना ,बिजयनगरमा ५४ जनाको स्वाव संकलन भएपनि नतिजा आउन बाँकीछ । यता संक्रमित हुने क्रम बैशाख २५ वाट शुरु भएयता यसरी बिस्तार हुदै ६७८ पुगेको हो ।
प्रतिक्रिया