प्रदेश

‘कारोना कै कहरबीच अर्घाखाँची र गुल्मीमा वाढी पहिरोवाट मानविय क्षेती’



गुल्मी ६ असार  अर्घाखाँचीको सन्धिखर्कबाट गुल्मीको हाडहाडेतर्फ जाँदै गरेको जिप पल्टिँदा २  जनाको मृत्यु भएको छ । १जना घाइते छन् । सुत्केरी लिन हिँडेको ग १ज ३९९७ नम्बरको जिप पहिरोले थुनिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेको खुर्पाखोलामा एक्कासी आएको ठूलो बहावले पल्टाइदिएको हो । घटनामा चालक प्रदीप पुन र स्थानीय १९ वर्षीय तुलसीराम काउछाको मृत्यु भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले वताउनु भयो । उहाँका अनुसार  अर्का एक जना घाइते भएका छन् ।

            घाइतेलाई उपचारका लागि अर्घाखाँचीको सन्धिखर्क पठाइएको छ । जिपमा सवार सुत्केरी र बालक सामान्य रहेको स्थानीय रमेश विष्टले वताउनु भयो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा लैनो भैँसीसहित चौपाया,दुई लाख,आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताउनुभयो । 

        यसैबीच, नरपानीकै भुजुंगो गाउँ पहिरोले चिरा परेपछि ६ जना परिवारले घर छाडेका छन् । पाणिनि गाउँपालिका–६ धातीवाङमा ३ घरपरिवार विस्थापित भएका हुन् । पानी परिरहेको बेला जमिन चिरा परेपछि घर छाडेर छिमेकीको शरणमा रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनु भयो । ६ नम्बर वडासदस्य खगिश्वर पौडेलका १५ सय कुखुरा भएको फार्म बगाएर लग्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको वताउनु भयो ।

        अर्घाखाँची जिल्लाका साना तथा ठुला खोलामा ठुलो भेल सहित वाडी आएको छ । यस्तै अविरल वर्षाका कारण गोरुसिंगे–सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको उहाँले वताउनु भयो । यता शुक्रबारदेखिको अविरल वर्षाका कारण दाङका विभिन्न क्षेत्रमा डुबान हुन थालेको छ । दाङको देउखुरीका अधिकांश ठाउँ जलमग्न भएका छन ।

        पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएका हुन । गढवा गाउँपालिका वडा नम्बर ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएको स्थानीय हिमा अधिकारीले जानकारी दिनु भयो । पानी परिरहेको छ । चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले जानकारी दिनु भयो । 

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६