प्रदेश

जटिल अबस्थामा रिफर कपिलवस्तुकी संक्रमित यूवतीले शल्यक्रिया मार्फत् जन्माइन शिसु



कपिलवस्तु ६ असार । स्वास्थ्य अवस्था जटिल बनेपछि भैरहवावाट नेपालगंज रिफर भएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय एक कोरोनाभाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्।नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान करिब ६ बजे ती महिलाले शिशुलाई जन्म दिएकी हुन्। प्रसुतीमा संलग्न रहेका डाक्टर अमलेन्द्रप्रसाद कुसबाहाले महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको बताए।उनकाअनुसार ती महिला शुक्रबार राति करिब १ बजे अस्पताल आइपुगेकी थिइन्। ‘शिशुको तौल दुई किलो चार सय ग्राम छ।

        आमा र शिशुको स्वास्थ्य सामान्य छ,’ उनले भने। पेट दुखेको बताएकी महिलालाई रूपन्देहीको भीम अस्पतालले रिफर गरेको थियो। ती महिला एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा थिइन्। पिसिआर परीक्षण गर्दा जेठ ३० गते उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले बताए।नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसार रुपेन्देहीबाट सुत्केरी गराउन ती महिलालाई नेपालगन्ज ल्याउनु परेको कनौंडियाको भनाइ छ।उनकाअनुसार शिशु र आमाको पुनस् स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आइसकेको छैन। रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिने र पोजेटिभ आए कम्तिमा थप १४ दिन अस्पतालमै राखिने उनले बताए।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६