गण्डकी

थप १६ जनामा संक्रमण पुष्टि, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो



कास्की, ७ असार ।  गण्डकी प्रदेशमा आज आइतबार थप १६ जनामा संक्रमण पुष्टिभएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ । बाग्लुङसहितका ४ जिल्लामामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या ५०४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

        आइतबार संक्रमण पुष्टि हुनेहरुमा एक बालिका, एक महिला र १४ जना पुरूष छन् । संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

        यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका एक पुरुष र मंगला गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

        पर्वतको कुश्मा नगरपालिकाका  दुई वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका एक वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६