एजेन्सी, ७ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरको संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार बढी मानिस संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख १३ हजार ५२४ पुगेको छ ।
यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार ६८४ पुगेको छ । कोरोना संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३७ हजार ९५१ पुगेको छ । ३७ लाख ९ हजार ८८९ जनाको उपचार भइरहेको छ । उपचाररथ मध्ये ५४ हजार ५०३ जना १ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसका कारण एसियाली देशहरुमा ४७ हजार २९१ जनाको मृत्यु भएको छ । १८ लाख ६० हजार ४८८ जना संक्रमित भएकोमा ११ लाख ७५ हजार ७२२ जना निको भएका छन् ।
युरोपियन देशहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरुमा ७० हजार २८७ जनाको मृत्यु भएको छ । १७ लाख ४४ हजार ३०७ संक्रमित भएकोमा ९ लाख ४८ हजार ८९९ जना निको भएका छन् ।
उत्तर अमेरिकी देशहरुमा १ लाख ५३ हजार २०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ९४ हजार ४७९ पुगेको छ । त्यसमध्ये १२ लाख ४ हजार ७३८ जना निको भएका छन् । ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५२ जना संक्रमित भएकोमा ८ हजार ४७० जना निको भएका छन् । अफ्रिकी देशहरुमा ७ हजार ९४१ जनाको ज्यान गएको छ भने २ लाख ९९ हजार ८४१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४४ हजार ९८५ जना निको भएका छन् ।
प्रतिक्रिया