प्रदेश

हटस्पट यशोधरा :२ दिन क्वारेण्टाइन बसेपछि ७६ जनाको स्वाव संकलन गरेर घर पठाइयो



कपिलवस्तु ७ असार । एउटै पालिकामा १६८ जना संक्रमित भएको देशकै संक्रमणको किल्ला बनेको  कपिलवस्तुको यशोधरा गाउपालिकामा क्वारेण्टाइनमा रहेका ७२ जनाको स्वाव संकलन गरेर घर पठाइएको छ । त्यसरी घर पठाइएकामा क्वारेण्टाइनमा बसेको २ दिनदेखि १४ दिन काटेका सम्म रहेको स्वास्थ्य शाखाले जनाएकोछ । यतिबेला त्यहाका  सबै क्वारेण्टाइन रित्तिएकाछन् । त्यहा रहेका २७ क्वारेण्टाइनमा एकजना पनि नरहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले शनिवार सार्वजनिक गरेको विवरणमा उल्लेखछ । गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेले होम क्वारेण्टाइनमा  बस्नेगरी पठाइएको वताउनु भयो ।

       माथि प्रस्तुत जिल्ला स्वास्थ्य कार्यलयको तालिकामा यशोधरा गाउपालिकामा ७६ जनाको नतिजा नआएको उल्लेखछ तर क्वारेण्टाइनमा रहने संख्या सून्य छ । यसवाट प्रष्ट हुन्छ पालिका अध्यक्ष पाण्डे झुट बोलि रहेका छन् । होम क्वारेण्टाइन हो भने सो विवरण किन उल्लेख छैन ।  

    स्वावसंकलन भएको तर नतिजा नआएको तर्फ बुद्धभूमीमा १७२ जना ,यशोधरामा ७६ जना , बाणगंगमा ५९ जना ,बिजयनगरमा ५४ जनाको स्वाव संकलन भएपनि  नतिजा आउन बाँकीछ । अरु पालिकामा नतिजा नआउदै नपठाउने भनेर क्वारेण्टाइनमा राखिएको छ । यता संक्रमित हुने क्रम बैशाख २५ वाट शुरु भएयता  बिस्तार हुदै ६७८ पुगेको छ  । 

यता कपिलवस्तुका १० पालिकाका क्वारेण्टाइनमा  शनिवार सम्म जम्मा ८३५ जना मात्र रहेको बिबरण सार्वजनिक भएको छ । जस अनुसार सबैभन्दा बढी बुद्धभूमी र बाणगंगामा रहेका छन् । बुद्धभूमीको क्वारेण्टाइनमा १९५ र बाणगंगाको क्वारेण्टइनमा १९४ जना मात्र रहेका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा १२५ विजयनगर गाउपालिकमा ११६ ,शुद्धोधन गाउपालिकामा  ९५ जना क्वारेण्टाइनमा रहेका छन् । यसैगरी शिवराजमा ७७ ,महाराजगंजमा ३२ र कृष्णनगरमा १ जना मात्र क्वारेण्टाइनमा रहेका छन् । 

        कपिलवस्तुमा हाल सम्म ६७८ जना संक्रमित भएकोमा यशोधरामा १६८ जना, महाराजगंजमा १२२ जना , शिवराजमा ६९ जना ,कपिलवस्तु नगरपालिकामा ३७ जना, विजयनगर गाउपालिकमा ३०, कृष्णनगरमा ७१ जना ,मायादेविमा ७५ जना ,शुद्धोधन गाउपालिकामा  ३६ जना संक्रमित रहेका छन् । यता बाणगंगामा ३५ र बुद्धभूमीमा ३४  जना रहेका छन् । 

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६