अर्घाखाँची ७ असार । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको बराहारुखमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । ढाकावाङको बराहारुखकी १८ वर्षिया गिता भट्टराई आफ्नै घरको दलानमा चुन्निको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।युवतीका मामा रमेश भण्डारीले शुक्रबार बिहान जानकारी गराएपछि ढाकावाङ प्रहरी चौकी प्रमुख गणेश गिरिको कमाण्डमा गएको टोलीले घट्नास्थलको मुचुल्का उठाएको थियो । साथै शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । प्रहरीले आत्महत्या गरेको बताएको छ ।
७ असार २०७७, आइतबार
प्रतिक्रिया