ब्रेकिंग न्युज

अरुण नदी आंशिक रुपमा थुनियो , एक घर विस्थापित



काठमाडौं ७ असार। संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ ।आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर २ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले  जानकारी दिए । मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको छ । नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेका छौं ।

               हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको छ ।’ ‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन । तैपनि राईको परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उनले भने, ‘पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५\७ घर जोखिम पर्न सक्ने अवस्था छ । त्यसैले त्यहाँ पनि सुरक्षा सतर्कता बढाएका छौं ।’घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताए ।

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६