अर्थ-वाणिज्य

सैनामैनाद्धारा कोरोना नियन्त्रणको खर्च सार्वजनिक



रुपन्देही ७ असार । रुपन्देहीको सैनामैना नगरपालिकाले विश्व भर फैलिरहेको कोरोना भाइरस( कोभिड – १९ ) को रोकथाम तथा नियन्त्रणका लागि भएको  खर्च तथा आम्दानी विवरण सार्वजनिक गरेको छ । बिहिवार पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको खर्च विवरण अनुसार १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले नगर स्तरीय र सामुदायिक गरी २ प्रकारका क्वारेन्टिन सञ्चालन गरेको छ । जस अन्तर्गत नगरस्तरीय क्वोन्टिनको निर्माणमा ८ लाख ३७ हजार ६ सय १३ रुपैयाँ र्खच भएकोे पत्रकार सम्मेलनमा नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनु भयो 

त्यसैगरी सामुदायिक क्वारेन्टिनको निर्माण अन्र्तगत सैनामैना पर्रोहा परमेश्वर मा.वि.मा १० लाख १२ हजार ९ सय ४३, पर्होरा बहुमुखी मा २ लाख ९२ हजार ७ सय ८६, शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ३ लाख ४९ हजार ६ सय ८७, जनचेतना मा.वि.मा ९ लाख ९ हजार १ सय ७ र रामापुर मा.वि.मा सि.सि. क्याम्मरा जडानमा २ लाख ३४ हजार गरी कूल ३४ लाख १६ हजार ९ सय २२ रुपैयाँ खर्च भएको नगरले जनाएको छ ।सामान तथा शयन कक्ष व्यवस्थापनमा १९ लाख ५ सय २०, खाना तथा औषधी व्वस्थामा २७ लाख ८१ हजार ३ सय ५ गरी ३८ लाख ९ हजार ४ सय ३८ रुपैयाँ खर्च भएकोे छ ।

व्यक्ति वा संघ संस्थाबाट ३९ लाख १ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी विपद व्यवस्थापन कोषको लागि १५ लाख विनियोजित भएको पनि नगरले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त १५ लाख र रकमान्तर गरी कोषमा जम्मा १ करोड १३ लाख ९१ हजार गरी कूल १ करोड ८२ लाख ९२ हजार ३ सय १२ रुपैयाँ जम्मा कार्कीले बताउनु भयो । नगरपालिकाले हालसम्म ५ हजार ८ सय ७४ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । जसबाट २१ हजार ९ सय १३ व्यक्ति लाभान्वित भएका छन् ।

उक्त कोषबाट राहत सामाग्री खरिदमा ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । भने नगर स्तरी क्वारेन्टिनहरुको निर्माणमा ३८ लाख ९ हजार ४ सय ३८, क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक र स्वास्थ्यकर्मीको जोखिम भत्ता(२०७७ बैशाकसम्मको) मा २१ लाख ९७ हजार ८ सय, सामुदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार ९ सय २२ रुपैयाँ गरी कोषबाट कूल १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको छ नगरले जनाएको छ। त्यस्तै पालिकाले कृषकलाई कृषि यन्त्र ,बिउ वितरण टेक्टर भाडामा एकरुपता ,क्वारेन्टिन स्थल र आईशोलेसन अस्पताल निर्माण,योजनाका काम सुरक्षित तबरले अगाडि बढाउने लगायतका कामहरुको पनि विवरण सार्वजनिक गरेको हो । 

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६