कपिलवस्तु ७ असार । ‘यस वर्षको वजेट फ्रीज हँुदैन,कोरोनाले विकास निर्माण छँुदैन’ शिवराज नगरपालिकाको यो नारा सुन्दा एक आपसमा विरोधाभाष जस्तो लाग्छ । विकास निर्माणमा खर्च नहुने आन्तरीक रकम फ्रिज नहुनु स्वभाविक भएपनि कोरोनाले विकास निर्माणका काम छुदैन भन्ने पत्याउन गाह्रो छ। तर शिवराजमा भने यहि नारा कार्यान्वयनका चरणमा छ । चालु आवको पूजीगत खर्च सम्वन्धित योजना मै खर्च हुदैछ । सामाजिक परिचालन र प्रशासनिक तर्फको वजेट कोरोनाका विरुद्धमा खर्च भएको छ । फलस्वरुप कोरोना पूर्वको शिवराज नगरपालिकाको पुँजीगत विकास २५ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको अन्त्य सम्म ६० प्रतिशत विकासे योजना सम्पन्न हुने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताउनु भएकोछ ।
विगतका बर्षहरुमा पनि ७५ देखि ८५ प्रतिशत विकासे बजेट खर्च हुदै आएकोमा यसपाली ६० प्रतिशत खर्च हुने भएको हो । यो स्वभाविक नै हो । कोभिड १९ कारण सबै क्षेत्र प्रभावित भएको बताउदै यो वर्षको वजेट भने फ्रिज हुन नदिने उहाँले जनाउनु भयो । म्यादथप गरेर आउने वर्षमा यो वर्षको बाँकी बजेट परिचालित गरिने उहाँले स्पष्ट पार्नु भयो ।
नगरले यस पटक करिब ११ करोडको लागतमा सुविधा सम्पन्न चारतले आफ्नै कार्यलय भवन बनाउदै छ । फाउण्डेशनको काम पुरा भएर त्यो माथिको काम जारी रहेको छ । सबै वडालाई समेटेर बृहत्त चक्रपथ निमार्ण हुदैछ । शिवराजले बनाउने चक्रपथ ४५ किमी लामो हुनेछ । सो चक्रपथको १८ किमी कालोपत्रे सम्पन्न भएको छ । २७ किमी कालोपत्रे आगामी वर्षमा पुरा हुने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको भनाइछ । यो कपिलवस्तुका हकमा सबैभन्दा छिटो पुरा हुने सबैभन्दा लामो चक्रपथ बन्नेछ ।
कोरोनाका प्रभावका कारण काम दु्रत गतिमा भवन निर्माण हुन नसकेको नगरका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । नगरले ११ वटै वडालाई समेटेर ४५ कि.मी कालोपत्रे चक्रपथ सडक निर्माण गर्दा स्थानीयलाई आवतजावतमा निकै सहज हुनेछ । नगरबस संचालन गर्न सकनिेछ । चक्रपथ निमार्णले गाउँका कुना कुनामा किसानले उत्पादन गरेका कृषि उपजलाई समेत बजारीकरण गर्न सहज हुने मेयर अधिकारीको अपेक्षा छ । अहिले सम्म १८ किलो मिटर चक्रपथ बनिसकेको नगरका सव इन्जिनियर मोहन के.सी.ले बताउनु भयो । त्यस्तै नगरमा ७२ लाखको लागतमा ३० बेडको कोरोना अस्पत्ताल बनिरहेको छ । यो अस्पताल असार २० भित्रै संचालनमा आउनेछ ।
आगामी र्षको वजेट चालु बर्षको भन्दा करिब २० करोडले घट्ने नगरले जनाएको छ । चालु आवमा १ अर्बको सेरोफेरोमा रहेको वजेट आगमी वर्षकालागि ८० करोड माथि हुने छ । तर आगामी बजेट अधुरा योजना पुरा गर्ने र स्वास्थ्यलाई वढि केन्द्रीत गर्ने गरि बजेट ल्याइने मेयर अधिकारीको तर्कछ । यता प्रदेश ५ले प्रदेशकै १०० सैयाको सरुवा रोग अस्पत्ताल शिवराजमा बनाउने निर्णय गरेर वजेटमा ब्यवस्था गरेकाले यो क्षेत्रले स्वास्थ्यमा आधारभूत फड्को हान्ने प्रदेश सांसद अर्जून केसीको भनाइछ । एक प्रकारले सरुवा रोगकालागि प्रदेश ५ ले शिवराज माथि नै भरोसा राखेको पुष्टि भएको सांसद केसीको तर्कछ ।
शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रसिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका हो । यो नेपाल सरकारको वैशाख २५ गते २०७१ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३ फागुन २७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको थियो ।
यो नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ६६७८१ छ । जस मध्ये ३७०२३ मतदाता रहेका छन् । त्यस्तै गरि . पर्यटकीय स्थल शिवगढी मन्दिर, उमरी गुफा, धानखोला मन्दिर, सोनवागढ मन्दिर र विभिन्न मस्जिदहरु रहेका छन ।
२०६८ को जनगणना अनुसारका प्रमुख जातीहरु थारु १२४४०, मुसलमान ११२४८, ब्राह्मण ५८७६, क्षेत्री ४८२३, कुर्मी ४८०४, यादव ४७५४, मगर ४६९१, कामी २९५७, दुसाद, पासवान, पासी २०४९, कोरी, कहार, चमा, तेली, दसनामी, केवल, धोवी, बढइ, दमाई, सार्की, ठकुरी लगायत अन्य १३१३९ शिवराजनगरपालिकाको तथ्यांकमा उल्लेख छ । सडक पुर्वाधारतर्फ हेर्दा पूर्व पश्चिम लोकमार्ग २३ कि.मी. चन्द्रौटा —कृष्णनगर खण्डमा ७.५ कि.मी. अन्य कालो पत्रे करिव १० कि.मी. रहेको छ । ग्राभेल सहितका अन्य सडक संजाल २० कि.मी रहेको छ ।
प्रतिक्रिया