प्रदेश

लगातार बर्षाले पानीको सतह बढ्दै नदी आसपासमा खतराको संकेत



कपिलवस्तु ८  असार ।शुक्रबार साँझबाट लगातार परेको अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न नदीको बहाव बढेको छ । नदीमा आएको बाढीका कारण जिल्लाको वाणगंगा, गुडरुंङ्ग, सुरही लगायतका नदीहरुको सतह बढेको हो । नदीको सतह बढेपछि हुनसक्ने जोखिम न्यूनीकरण र सावधानी अपनाउनका लागि बाढी पूर्वानुमान महाशाखाले पूर्व सचेतसमेत गराएको छ ।

       वाणगंगा नदी आसपासका गाउँमा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाका १० वटै स्थानीय तह, नेपाल रेडक्रस र सुरक्षाकर्मीलाई बाढीबाट आउन सक्ने जोखिमविरुद्ध सतर्क रहनसमेत निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

        यसैबिच केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । देशको धेरै जसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

        ती क्षेत्रहरूमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । यता बिगत तिनदिन देखी अवरूद्द गोरूसिङगे सन्धिखर्क सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । दुईदिन देखि परेको अबिरल बर्षाका कारण सडक खण्डको तिन दर्जन भन्दा बढि स्थानमा पहिरो जाँदा सडक संचालनमा ल्याउन कठिन भएको हो ।

        शनिबार  सडकखण्डको सितापुर राजुबाँस नजिकै गएको पहिरो हटाएपनि सुपादेउराली अगाडी खाँचीखोलाको उकालोमा करिव एक सय पचास मिटर माथी पहाडबाट ठुला चट्टान सहित खसेको पहिरो हटाउन दुई ओटा स्काबेटर प्रयोग गरि निकै प्रयास भईरहेपनि सडक संचालनमा ल्याउन कठिन भएको जिल्ला शसस्त्र प्रहरी प्रमुख माधव रेग्मीले बताए ।  निरन्तर दुई दिन देखि पहिरो हटाउने प्रयास भैरहेको छ । तर लामो दुरी सम्म धेरै माथीबाट ठुला ठुला चट्टान सहित पहाडै खसेपछि पहिरो नथपिएको खण्डमा झरेको पहिरो सोमबार बेलुका सम्म हटाएर सकिने अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए । 

        जिल्लाको मुख्य सडक नै लामो समयदेखि  अवरुद्ध भएपछि सामान ढुवानी गर्न, मानिस आवत जावत गर्न ठप्प भएको छ । सडक अवरुद्ध हुदा जिल्लाबाट अन्य जिल्लामा उपचार गर्न जानु पर्ने बिरामीले सास्ती खेप्नु परेको छ । आईतबार बिहानै देखि दुई स्कावेटरले पहिरो हटाउने प्रयास गरेपनि पहिरो निकै जोखिमपूर्ण भएकाले सावधानी अपनाएर काम भैरहेको छ ।

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६