ब्रेकिंग न्युज

कपिलवस्तुमा २५ नयाँ संक्रमण, संक्रमित ७०३ पुगे



कपिलवस्तु ८ असार ।कपिलवस्तुमा आईतवार थप २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको छ । आईतवार वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाकामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सवै क्वारेन्टाईनमा रहेकामा संक्रमण देखिएको हो । संक्रमीत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयको भनाई छ । 

        यता पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ७२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

        यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३  जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ  । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १ /१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६