एजेन्सी, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३६ हजार बढी मानिस संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार ९३९ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६६५ पुगेको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३७ हजार ९३९ पुगेको छ भने ३७ लाख ३५ हजार ९४० को उपचार भइरहेको छ । कोरोना भाइरसकै कारण १ प्रतिशत ५४ हजार ७३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसका कारण एसियाली देशहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना निको भएका छन् ।
युरोपियन देशहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ । २३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना निको भएका छन् ।
उत्तर अमेरिकी देशहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना निको भएका छन् । ओसिनियाका देशहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना निको भएका छन् ।
अफ्रिकी देशहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया