प्रदेश

मधेसको स्वास्थ्य कोसेली पहाडका क्वारेण्टाइनलाई हस्तान्तरण



कपिलवस्तु ८ असार  । कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा पकडीमा  रहेको युवा कल्याण समाजले गुल्मी जिल्लाको रेसुङमा नगरपालिका वडा नं ११ मा रहेको क्वारेन्टाइनमा रहेका व्यक्तीकालागि सामाग्री सहयोग प्रदान  गरेकोछ । क्वारेन्टाईनमा रहेका व्यक्तीहरुलाई आवश्यक पर्ने समाग्री क्लवले उपलव्ध गराएको हो ।


    कपिलवस्तुमा सञ्चालित वुद्धआवाज मिडिया गु्रपका बजार व्यवस्थापक नारायण पाण्डेको समन्वयमा उक्त  क्लवले सामग्री रेसुङा पुर्याएको हो । सामाग्रीहरु स्यानेटाईजर, हेन्डवास, माक्स, ग्लव्स, फलफुल तथा प्रोटिन युक्त खानेकुरा उपलव्ध गराइएको हो । सामाग्री हस्तान्तरणको क्रममा कपिलवस्तुमा रहेर पनी गुल्मी जिल्लालाई सहयोग गरेकोमा कलिका क्लवका रेसुङगाका सचिव महेश सारुले युवा कल्याण समाज कपिलवस्तुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


सोही क्रममा आफ्नो गृह जिल्ला सामाग्री उपलब्ध गराउन उल्लेखनिय भुमिका खेल्नु भएका पाण्डेले क्वारेन्टाईन व्यवस्थापनका लागि केही नगद रकम पनि सहयोग गर्नु भएको थियो  ।

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६