लुम्बिनी

अर्घाखाँचीमा खोला बगाउँदा एक बालक बेपत्ता



अर्घाखाँची ८ असार । अर्घाखाँचीमा खोला बगाउँदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको पाणिनी गाउँपालिका ४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षिय छोरा पुजन नेपाली बेपत्ता रहेका छन् ।सुस्तमनस्थिति आचरणका उनको माईली आमा सँग घर नजिकैको बारीमा जांदै गर्दा खहरे जुकेखोला तर्न नसक्दा बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले बताए । असार ६ गते बेपत्ता भएका पुजनको तिनदिन देखी स्थानिय र प्रहरीले खोजि गरेका थिए । दुर्गाफाँटमा खोलाको बगरमा एकबालकको शव भेटिएको स्थानीयले खबर गरेपछि प्रहरी त्यसतर्फ गईरहेको खत्रीले जानकारी दिए ।

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६