पाल्पा, ८ असार । पाल्पाको तानसेन रिडी खण्डमा पहिरो गएको छ । पहिलोले ४ वटा सवारी साधन बगाएको वताईएको छ । पहिरोमा पुरीएर २ जनाको मृत्यु भएको जनाईएको छ । उनीहरुको शव फेला परेको छ । एक जना गम्भीर घाइते भउका छन् । घाईते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको पाल्पा प्रहरीले जनाएको छ । सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी तानसेन सडक खण्डको वन्दीपोखोराको सम्मोबारी नजिकै पहिरो खसेको हो ।
पहिरोले एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी अहिले सम्म आउन नसकेको प्रहरीको भनाई छ । उद्धारका लागि अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो भएको जनाईएको छ । तर पहिरो खस्ने क्रम कम हुदै गएपछि अहिले पहिरो हटाउने काम भइरहेको हाम्रा पाल्पा सहकर्मिले खवर पठाउनु भएको छ ।
यता पाल्पाकै रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उहाँलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा शव भेटिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । यता खोला तर्नेक्रममा बगाउदा वेपत्ता भएका एक बालक भेटिएका छन् । अर्घाखाँचीको पाणिनी ४ पटौटी निगाली निवासी सन्त बहादुर नेपालीको १३ बर्षिय छोरा पुजन नेपालीको शव दुर्गा खोलामा भेटिएको प्रहरीले जनाएको छ । पटौटीको खहरे जुकेखोलाले बगाएर वालक वेपत्ता भएका थिए ।
प्रतिक्रिया