अर्थ-वाणिज्य

प्रदेश ५मा १ हजार हरीत स्वयम सेवक ,१० हजार किसान उद्यमी बन्ने



रुपन्देही ८ असार ।प्रदेश ५ सरकारले आगामी बर्षमा कृषि क्षेत्रमा सीप र दक्षतासँग आबद्ध गराउँदै ९८३ हरित स्वयंसेवक मार्फत प्रति स्वयंसेवक कम्तीमा १० कृषकलाई उद्यमी बनाउने गरी बजेट बिनियोजन गरेकोछ । जसकालागि  न्यूनतम नौ हजार ८३० उद्यम विकासका लागि सात करोड विनियोजन  भएको मुख्यमन्त्रीका  प्रेस संयोजक शेरबहादुर केसीले प्रेसपाटीलाई जानकारी दिनुुभएकोछ । यस्तै  कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ ।

        कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगार लगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी तर्फ चार अर्ब ८६ करोड ३५ लाख विनियोजन भएको छ । खेतबारीलाई कृषि प्रसार, अनुसन्धान र शिक्षाको व्यावहारिक थलोका रुपमा जोड्दै करीब ६ हजार कृषक घरधुरीको आयआर्जनमा वृद्धि हुने आधार तय गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरी अनुसन्धानात्मक अभ्यास, विज्ञसेवा, विद्यार्थी परिचालन, क्षमता विकासलगायत कार्यक्रम सञ्चालन गर्न ४८ करोड विनियोजन भएको छ । 

        यसबाट समग्र प्रदेशमा कृषिको आधुनिकीकरणको आधारशिला तयार हुने प्रदेश सरकारले विश्वास लिएको छ । कोभिड १९ को असहज परिस्थितिमा स्थानीयस्तरमा रहेका उत्पादनमूलक कृषि भूमिको प्रयोग गरी उपलब्ध श्रमशक्तिलाई कृषि तथा पशुजन्य फार्म तथा निजी कम्पनीमा रोजगारी प्रवद्र्धन गरी कृषि श्रमलाई दिगो एवम् सम्मानित पेशाका रुपमा विकास गर्न र कृषिकर्मी तथा कृषि श्रमिकलाई उद्यमी बनाउने नीतिअनुसार बीमा, स्वास्थ्योपचार र सामाजिक सुरक्षासहितको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि ६ करोड छुुट्टाइएको छ । 

        रोजगारी गुमाएका नागरिकको जीविकोपार्जन सुधार गर्न तथा कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खाद्य सुरक्षा र आत्मनिर्भरता अभिवृद्धि गर्ने गरी तीन तहका सरकारबीच कार्यक्रमिक सहकार्य र साझेदारीलाई प्रोत्साहन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । नवलपरासीमा पुष्प, रुपन्देहीमा गाई, कपिलवस्तुमा भैंँसी, दाङमा मौरी र रेशम खेती, बाँकेमा बाख्रा, बर्दियामा बंगुर, रुकुम(पूर्व)मा भेंडा, प्युठानमा तरकारी बीउ, अर्घाखाँचीमा बाख्रा र कफी, गुल्मीमा कफी र सुन्तला जातका फलफूल, पाल्पामा मसलाबालीको स्रोतकेन्द्र र रोल्पामा मध्य पहाडी  बहुउद्देश्यीय  कृषि  विकास  फार्मको स्थापना  गतसात करोड ५० लाख विनियोजन भएको प्रदेश नं ५ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

         मुख्यमन्त्री एवम अर्थमन्त्री शंकर पोख्रेलले कृषि क्षेत्रमा प्रस्तुत गरेको वजेट पछि प्रदेश ५ को कृषि भूमी तथा सहकारी मन्त्री आरती पौडेलले आव ०७७/०७८ कृषि क्रान्तिको वर्षका रुपमा अघि बढ्ने प्रतिकृया प्रेसपाटीलाई दिनु भएकोछ । 

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६