प्रदेश

निजी विद्यालयलाई आफू खुशी शुल्क नउठाउन शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं, ९ असार ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नउठाउन निजी विद्यालयहरुलाई निर्देशन जारी गरेको छ । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरी प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको र शुल्क नउठाउन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराइएको छ ।

        विज्ञप्तिमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ विपरितका क्रियाकलाप नगर्न र नगराउन अपील गरिएको छ । विज्ञप्तिमा विद्यालयका समस्याको बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ ।

            आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको जिकिर गरेका थिए । उनीहरुले शुल्क बुझाउन अपिल गरेसँगै विद्यार्थी तथा अभिभावकले व्यापक असन्तुष्टि जनाएका छन् ।

        असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । यसैबीच विद्यार्थी संगठनले समेत निजी विद्यालयलाई शुल्क नलिन आग्रह गरेका छन् । अनेरास्ववियू र नेविसंघले अभिभावकलाई शुल्क नबुझाउन आग्रह गरेका छन् ।


प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६