अर्थ-वाणिज्य

चैत्रको घरभाडा छुट दिएकोमा घर धनीलाई धन्यवाद थप एक महिनाको छुट दिन आग्रह



तिलोत्तमा, ९ असार । तिलोत्तमा चेम्बर अफ कमर्शले बैशाख र जेठ मध्ये एक महिनाको भाडा छुट गर्न घरधनीहरुसँग आग्रह गरेको छ । चैत महिनाको भाडा छुट दिएकोमा धरघनीहरुलाई धन्यवाद दिंदै चेम्बर अफ कमर्शको मणिग्राममा बसेको बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेलको अध्यक्षतामा बसेको बैठकले भाडा छुटको लागि घरधनीहरुसँग आग्रह गरेको छ । 

            कोरोना महामारीका कारण जारी लकडाउनले व्यापार व्यवसाय चौपट भएको, बैंकको किस्ता तिर्न समस्या भएको भन्दै बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको र यसले व्यवसायीहरुलाई राहत पुग्ने अध्यक्ष कंडेलले बताउनुभयो । बैठकमा सहभागी भएका एनएमबी बैंक मणिग्राम शाखाका प्रवन्धक युवराज पाठकले राष्ट्र बैंकले जारी गरेको निर्देशिका र सहुलियत कर्जा सम्बन्धी जानकारी गराएका थिए । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६