लुम्बिनी

बालिकाद्वारा आत्महत्या



बुटवल, ९ असार । रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा दुईजनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कायर्कालय रुपन्देहीका अनुरास कञ्चन गाउँपालिकामा १४ वर्षिय एक बालिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–१ की सुनिता बिकले आफ्नै चुन्नीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।उनी शुक्रबार विहान करिब ८ बजेको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन । स्थानीय विद्यालयमा कक्षा ५ बाट उत्तिर्ण भई कक्षा ६ मा अध्ययन गर्ने किशोर अवस्थाकी उनले किन आत्महत्या गरिन् भन्ने कारण जानकारी भएको छैन । 

        उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।यस्तै रुपन्देहीमा एक जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–७ बिसौरीयाका ५५ वर्षीय प्रमु कहारले सल्फास नामक बिषादी सेवन गरी आत्महत्या गरेका प्रहरी प्रवक्ता वैदवारले बताउनु भयो । उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । उनले के कारणले बिषादी सेबन गरी आत्महत्या गरेका हुन भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । 

        त्यसैगरी बुटवलमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ रामपथ स्थित भित्रि सडक खण्डको खालि जग्गामा बिहीबार एक पुरुषको मृत अवस्थामा बेबारिसे शव फेला परेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो । पहाडी मुलको मागि खाई हिड्ने जस्तो देखिने अन्दाजी ४०÷४५ वर्षको पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा फेला परेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताउनु भयो । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६