कपिलवस्तु ९ असार । हेल्प फर ह्याप्पिनेस कपिलवस्तु शाखाको जिल्ला समिति गठन गरिएको छ । युवाहरुलाई सामाजिक कार्यमा लगाउने उद्धेश्यले कपिलवस्तु जिल्ला शाखामा निर्मल शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । नव गठित समितिको उपाध्यक्षमा प्रतिमा सेन र मधुसुदन भुसाल, सचिवमा सुशान्त पोख्रेल, सह–सचिवमा विशाल अधिकारी, कोषाध्यक्षमा बिवेक पौडेल चयन भएका छन भने सदस्यहरुमा जनक क्षेत्री, प्रतीक्षा भण्डारी र समीर कडेंल चयन भएका छन ।
विशेष गरी समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बनी अनुहारमा खुसी ल्याउने उद्देश्यका साथ युवाहरुलाई सक्रिय गराउने संस्थाको उद्धेश्य रहेको सचिव शुसान्त पोख्रलले बताउनुभयो । । यस संस्थाको विधान अनुसार काम गर्दै उत्कृष्ट संस्थाको रुपमा परिचित गराई सामाजिक कार्य गर्ने अध्यक्ष निर्मल शर्माले बताउनु भयो ।
प्रतिक्रिया