ब्रेकिंग न्युज

क्वारेन्टिनमा रहेका ३० वर्षीय युवकले गरे आत्महत्या



बझाङ ९ असार। बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका ७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए ।भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए ।

                 अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् ।मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले  सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए ।मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६