कपिलवस्तु ९ असार । मकवानपुरको हेटौडामा विभत्सरुपमा हत्या गरिएकी २२ बर्षिय युवती सुष्मिता थापाका माईतीपक्ष न्याय खोज्दै हेटौडा पुगेका छन् । मंगलबार कपिलवस्तु बाणगंगा नगरपालीका वडा नं. ८ की सुष्मिताको परिवार सहित ,महिला अधिकारक्रमी , नागरिक समाजका अगुवा , उधोग बाणिज्य सघंको नेतृत्वमा ३५ जनाको टोली हेटौँडा पुगेको हो। हेटौडा पुगेर हत्याबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा माईती पक्ष सहित सुरक्षा निकाय बिचको छलफलबाट न्याय पाउँने आशा पलाएको छ ।
छलफलमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले अनुसन्धान भैरहेको केहि दिनमै पत्रकार सम्मेलन गरि अपराधि सार्वजनिक गर्ने बताउनुभएको वडा सदस्य गीता भुसालले प्रेसपाटी सगंको फोन सम्र्पकमा जानकारी दिनुभयो । मकवानपुरका महिला सञ्जाल , प्रदेश प्रमुख , स्थानिय तहका प्रतिनिधिसगंको भेटघाट पछि , जिल्ला फर्किन लागेको भुषालले जानकारी दिनुभयो ।
हत्यारालाई हदैँसम्मको कारबाही र पीडितले न्याएसंगै क्षतिपुर्ति नपाएसम्म न्यायको आवाज बन्द हुदैन भुषालले भन्नुभयो । गत बैशाखमा विवाह भएकी सुष्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा ज्यान गएको थियो । उनले १ करोडको विमा गराएको र सो विमा रकम हत्याउन थापाको हत्या गरिएको प्रारम्भिक जानकारी छ । थापाका ससुरा र नन्दलाई प्रहरीले पक्राऊ गरी अनुसन्धान गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको हेटौँडा प्रहरीले बताएको छ ।
प्रतिक्रिया