ब्रेकिंग न्युज

अंगिकृतको पक्षमा जनता समाजवादी कार्यकर्ता सडकमा, वास्तविक मधेसी मौन



तौलिहवा ९ असार ।  भारतीय चेलीले नेपालमाा विवाह गरेपछि बैबाहिक अंगिकृत नागरिकता तत्काल पाउनुपर्ने माग राख्दै जनता समाजवादी पार्टीले मंगलबार सदरमुकाम तौलिहवामा प्रर्दशनगरेकोछ।  

प्रदर्शनका जनता समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिती देखिएकोछ । तर वास्तवमा सदिऔ देखि नेपालमा बसेका मधेसी समुदायका मानिसहरु भने मौन वसेका छन् । उनीहरुको आन्दोलनमा संलग्नता छैन ।


यता राज्य व्यवस्था तथा सुशासन समितिबाट ७ बर्ष पछि मात्र बैबाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था बहुमतले पारित भएपछि जसपा आन्दोलित बनेको हो ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विहे गरेको ७ बर्ष पछि मात्र बैवाहिक अंगिकृत नागरिक दिनुपर्ने निर्णय नै गरेको र संसदमा नेकपाको बहुमत रहेकाले यो सहजै पारित हुने स्थितीमा छ ।


त्यसलाई रोक्न जसपाले सडक तताएको हो ।  जनता समाजवादी पार्टीले कपिलवस्तु सदरमुकाम तौलिहवामा जिल्ला प्रशासन अगाडी विरोध प्रर्दशन गरेको हो । विरोध सभामा बोल्ने नेताहरुले ७ बर्ष पछि नागरिकता पाउने निर्णय तत्काल सच्चाउन माग गरेका छन् । जसपाका केन्द्रिय नेता नारायण खनाल, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, रविदत्त मिश्र, अब्दुल रसिद खाँ लगायतले बोल्दै निर्णयमा पुनः विचार गर्न आग्रह गरे ।


उनीहरुले सरकार विरोद्ध कडा नारावजी समेत गरेका छन् । उनीहरुले भरतीय चेलीमाथि नेपालमा विभेद हुने भन्ने ठूलो चिन्ता गरेका छन् । तर नेपालका चेली भारतम धेरै समयदेखि यस्तै विभेदको सिकार बनेकोमा भने उनीहरुको कुनै चिन्ता देखिएन । यसवाट प्रष्ट हुन्छ उनीहरु वास्तवमा विभेदका विरुद्ध होइन सरकार प्रतिको आग्रहका कारण सडकमा आएका हुन् भन्नु हुन्छ स्थानीय समाजसेवि गोपाल चन्द्र गुप्ता । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६