प्रदेश

प्रदेश ५अपडेट : २७०० बढी संक्रमित ,११०० निको ,१० को मृत्यू



बुटवल ९ असार ।  प्रदेश ५ मा मंगलबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ पुगेको छ । सबै जिल्लामा संक्रमण देखिएका प्रदेशमा पछिल्लो समय पहाडी जिल्लामा बढेको छ । संक्रमण देखिएका ९४ प्रतिशत व्यक्तिहरु क्वारेन्टाइनमा बसेका र भारतबाट आएका हुन् । संक्रमति सबैलाई आइसोलेसन सेन्टरमा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले वताउनु भयो । संक्रमणपछि लक्षण देखिएका र सिकिस्त बिरामीलाई मात्रै अस्पतालमा चिकित्सकीय सेवा दिने नीति अनुरुप त्यसो गरिएको उहाँको भनाई छ ।

        संक्रमितको संख्या बढ्दै जाँदा प्रदेशमा आइसोलेसन सेन्टरको संख्या पनि बढाइएको छ । प्रदेशका १२ जिल्लामा ९७ आइसोलेसन सेन्टर वनाईएको छ । जसमा एक हजार ५ सय ७४ जनाको रेखदेख गरिएको छ । अहिलेसम्म एक हजार एक सय ३४ जना संक्रमित निको भएर घर गएका छन् । एक सय जनाको कोरोना विशेष अस्पतालमा उपचार भईरहको छ । संक्रमणका कारण प्रदेशमा मात्रै १० जनाको मृत्यु भएको छ । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६