लुम्बिनी

नेपालमै पहिलो बायोटेक प्रविधिको शौचालय



बुटवल, ८ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाएर संचालनको शुभारम्भ गरेको छ ।शौचालय संचालनसंगै अव सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई दिशा पिसाव लागेमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको मेयर घिमिरेले बताउनु भयो ।

        उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभारमा ध्यान दिन जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।मेयर घिमिरेले शंकरनगर खानेपानीले अहिले बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडकमा बनाए जस्तै नगरपालिकाले आउने समयमा नगरपालिकाको क्षेत्र भरी र आवश्यक पर्ने सार्वजनिक स्थलमा बायोटेक प्रविधीको सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो ।

        शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको अध्यक्ष हरि प्रसाद तिवारीले बताउनु भयोे । खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख खर्च गरि सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका बायोटेक प्रविधीका शौचालय संचालनमा ल्याएको अध्यक्ष तिवारीले बताउनु भयोे ।

        भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो ।४० दिनसम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाँच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनन्त्त समयसम्म पुग्ने प्रविधी हो ।

        साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो । खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको समेत अध्यक्ष तिवारीले बताउनु भयो । व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको संस्थाकी सचिव सावित्रा आचार्यले बताउनु भयो ।

        २४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका अध्यक्ष राम बहादुर जिसीले बताउनु भयो ।  त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको छ । सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलले बताउनु भयो । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६