कपिलवस्तु, १० असार । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा ११ कोराना संक्रमित डिस्चार्ज भएका छन । मायाज ईन्टरनेशनल होटलको क्वारेन्टाईनमा रहेको आइसोलेसनमा रहेका संक्रमितलाई १८ दिन पछी डिस्चार्ज गरीएको हो । उनीहरुको दोस्रो स्वाब लिई प्रादेशिक जन स्वास्थ्य ल्याव पठाए पनी जाँच नभए पछी डिस्चार्ज गरीएको हो ।
डिस्चार्ज भएका मध्ये १ जना महिला रहेका छन । उनीहरुलाई एक हप्ता घरमै वस्ने गरी पठाईएको बुद्धभुमी नगरपालिका स्वास्थ्य शाखाका संयोजक डोल विक्रम वेल्वासेले बताउनुभयो । घर फर्किएकालाई वडा कार्यालयबाट समेत अनुगमन गर्ने बुद्धभुमी नगरपालिका वडा नं. ५ का वडा सदस्य अजीजुल्ला मुसनमानले बताउनुभयो ।
प्रतिक्रिया