प्रदेश

आज नेकपा स्थायी कमिटी बैठक बस्ने एमसीसी लगायतका विषयमा केन्द्रित हुने



काठमाडौं, १० असार ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्री के.पी. ओली निवास बालुवाटारमा ११ बजे  बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका अन्य राजनीतिक विषयवस्तुमा छलफल केन्द्रित हुने बताइएको छ ।

        पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक  भने बसको छैन ।  एमसीसी विवादले  नेकपा भित्रै सहमति जुट्न नसक्दा मिति तोकेर  बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे नेकपमा दुई धार देखा परेको छ ।

        बैठकको एजेण्डाबारे स्थायी समिति सदस्यहरुलाई कुनै जानकारी नआए पनि एमसीसी, कोरोना महामारी लगायत विषय वस्तुमा छलफल केन्द्रित हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताउनुभयो ।

        एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत बुझाईसकेको छ । त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने नेकपा स्रोतले जनाएको छ ।एमसीसीका बारेमा पाटीभित्रै व्यापक विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन समेत बुझाएको थियो । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै निर्णय गरेको छैन ।

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६