काठमाडौं, १० असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।महाशाखाले मनसुन थप सक्रिए भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका आज बिहानै नयाँ प्रणाली विकास भएको हो । बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको छ। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ।
महाशाखाका अनुसार पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटालगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ । पश्चिममा कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समभावना रहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले विशेष अनुरोध गरेको छ ।
यस्तो छ तीन दिनको मौषम पूर्वानुमान
असार १० गते बुधबार
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। रातीः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार ११ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
असार १२ गते शुक्रबार
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
प्रतिक्रिया