सर्लाही, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा लेखा अधिकृत र लेखापालाई घुस सहित पक्राउ गरेको छ । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाललाई चार हजार घुससहित टोलीले पक्राउ गरेको हो ।
अख्तियारले लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई मंगलबार चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियार स्रोतका अनुसार विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा घुससहित पक्राउ गरिएको हो ।
प्रतिक्रिया