असार १० असार । शितगंगा नगरपालिकामा आज १२ जनाले कोरोना जितेर घर फर्किएका छन । ज्योती माबिको आइसुलेसनमा रहेका ११ पुरुष तथा १० महिने बालिका सहित १२ जनाले कोरोना जितेर घर फर्किएका हुन । पिसिआर रिर्पोटको आधारमा १२ जनामा रिर्पो नेगेटिम आए पछि घर पठाएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । कोरोना जितेर घर फर्कनेमा ११ जना वडा नम्बर २ का र १ जना वडा नम्बर १ का रहेका छन उनिहरु लाई स्वागत गर्न नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेस्मि , प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम,वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा,स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल,प्राथमिक स्वास्थ केन्द्रमा प्रमुख डाक्टर विवेस मंडल, लगायको समुह ज्योती माबिमा पुगेका थिए ।
निको हुनेहरुमा १० महिना कि बालिका देखि ३५ बर्ष सम्मका पुरुष रहेका छन । शितगंगा नगरपालिकामा सक्रमित भएका २ जना यस अघिनै कोरोना जितेर घर फर्किएका छन भने कोरोना जित्नेको सख्या १४ जना पुगेको छ शितगंगाका २ वटा आइसुलेसनमा अझै ३० जना सक्रमित रहेका छन भने बिभिन्न क्वारेण्टिनमा बस्नेहरुको रिर्पोट लामो समय सम्म नआउदा समस्या हुने गरेको छ शितगंगामा ३६ दिन सम्म रिर्पो नआउदा कुरेर बस्ने समेत रहेका छन । अब शितगंगा नगरपालिकामा करिव ३५० जना बिभिन्न क्वारेण्टिनमा रहेका छन चने करिव ९ सय जना घरमा पर्किसकेका छन
प्रतिक्रिया