बुद्धभुमी
बुद्धभुमी नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । होटेल पौवामा आयोजना भएको कार्यक्रमले नगरपालिकाले अस्पताल निमार्ण , दमकल सञ्चालन , नगर प्रहरी राख्ने नीति बनाएको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक योजनामा २० % प्रतिशत रकम नाली कल्भर्ट निमार्णमा खर्च गर्ने नीति पारित भएको छ । यसै गरी नगरपालिकामा भित्र अस्पताल नभएकोले अस्पताल निमार्णका लागी आकर्षक बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् ।
नगरले नेपाली सेना मार्फत सञ्चालन गर्ने गरी दमकल सेवा प्रदान गर्ने निर्णय समेत गरेको छ । बुद्धभुमीको नीति तथा कार्यक्रममा कोरोना रोकथाम र स्वरोजगारीले समेत प्राथमिकता पाएको छ ।
१० असार २०७७, बुधबार
प्रतिक्रिया