अर्थ-वाणिज्य

कोभिडसँगै बढ्यो बाणगंगाको बजेट, आगामी वर्षमा ठूला र महत्वकांक्षी योजना



कपिलवस्तु १० असार । कोभिड – १९ का कारण सबै क्षेत्र तहस नहस भएका बेला कपिलवस्तु वाणगंगा नगरपालिकाको भने बजेट बढेको छ । आगामी वर्षमा ठुला र महत्वकांक्षी योजना बन्ने भएका छन । नगरको सातौ नगरसभाको वैठकमा उपमेयर  प्रमुख चक्रपाणी अर्यालले एक अर्ब १८ करोड ३५ लाख ६५ हजार ४ सय ३० रुपैयाको बजेट सार्वजनिक गर्नु भएको हो । यो वजेट चालु आर्थिक वर्षको भन्दा करिव ६ करोड वढि रहेको छ । गत वर्ष नगरले १२ करोड ४६ लाख रकम ल्याएको थियो ।

        अहिलेको वजेटमा जसमा चालु खर्च तर्फ ७३ करोड ९५ लाख ५७ हजार ४ सय ३० रुपैया र पुँजिगत तर्फ ४४ करोड ४० लाख ८ हजार बजेट बिनियोजन गरिएको छ । जसमा प्रशासनिक खर्चका लागि १३ करोड २३ लाख ६४ हजार ४ सय ३०, सामाजिक सुरक्षा तर्फ १८ करोड, आर्थिक बिकास तर्फ ८७ करोड ५२ लाख, सामाजिक बिकास तर्फ ५६ करोेड ४० लाख, पूर्बाधार बिकास लागि २८ करोड ५२ लाख, बाताबरण तथा बिपद ब्यवस्थापन तर्फ ७५ लाख रकम विनीयोजन गरिएको छ । वाणगंगा नगरपालीकाले कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिदै आर्थिक वर्ष २०७७/७८ को वजेट ल्याएको छ ।

            यस अघिका ३ वटा बजेटमा कार्यान्वय हुन नसकेका जीतपुर ४ नम्वरमा आकासे पुल , समग्र लुम्विनीको  पर्यटनकालागि आधुनिक सुविधा युक्त बसपार्क, फोहोर प्रशोधन सहितको डम्पीङ्गसाइट र समग्र वाणगंगा समेट्ने चक्रपथ आगामी वर्षका ठूला महत्वकांक्षी योजना हुन् । नगरले  संस्थागत बिकास तथा मानब संसाधन तर्फ १३ करोड ६१ लाख र वडागत ११ करोड रकम बिनियोजना गरिएको हो । नगरको बजेटले कृषिलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रको बिकास एबम उत्पादकत्व बृद्धि गर्न सिचाँई कार्यक्रमका लागि ५५ लाख र मागमा आधारित ब्यवसायिक कृषि कार्यक्रम सञ्चालनका लागि ४० लाख ५० हजार रकम छुट्याएको छ । यस्तै धान उत्पादन प्रबद्र्धन कार्यक्रमका लागि ५० लाख, कोभिड १९ वाट प्रभावित भई गाउँ फर्किएका लाई कृषि क्षेत्रमा आकर्षित गरि कृषि मार्फत उत्पादन वढाउन उपलव्ध गराई सामाग्रीमा अनुदानमा ३७ लाख ५० हजार रकम सहित कृषि क्षेत्रमा नयाँ कायक्रमको नीति  अबलम्बन गर्दै लाखौ बजेट विनीयोजना गरिएको छ । 

        यसैगरि स्वास्थ्य क्षेत्रलाई पनि प्राथामिकतामा राख्दै नगरपालिकाले बिभिन्न शिर्षकमा बजेट छुट्याएको छ । जसअन्तगर्त औषधी तथा उपकरण खरिदका लागि ३५ लाख, मास्क, पञ्जा पिपिई जस्ता सुरक्ष सामान खरिदका लागि २० लाख बजेट छ्ट्याएको छ । यस्तै नगरपालिकामा रहेका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि भौतिक संरचना निर्माण देखी पठनपाठनलाई प्रबिधीमैत्री बनाउन बिभिन्न किसीमका निति कार्यक्रम सहित बजेट ल्याईएको छ । नगरले युवा, शीप, उद्यमशीलता, जेष्ठ नागरिक, अपाँगता, महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित तथा वातावरण सुधार, नदिजन्य पदार्थ व्यवस्थापन, पर्यटनलाई पनि लक्षित गरि वजेट विनीयोजन गरेको छ । 

        समग्र रुपमा नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगमी आर्थिक बर्षलागि धेरै बजेट ल्याएको नगरका प्रमुख प्रशासकिय अधिृकत चूरामणी पन्थीले जानकारी दिनुभयो । बजेटका बिषयमा नगरका सभाका सदस्यहरुले आफ्नो जिज्ञासाहरु राख्दै समग्रमा बजेट राम्रो रहेको वताउनु भएको थियो । यसैबिच सातौ नगरसभामा अर्थ सम्बन्धी कार्यान्वयन गर्न बनेको बाणगंगा नगरको आर्थिक ऐन पारित भएको छ ।नगरको सातौं नगरसभाले बजेट तथा कार्यक्रमलाई सर्बसम्म पारित गरेको थियो । 

         कार्यक्रममा बोल्दै सांसद अतहर कमालले बिसम परिस्थतीमा पनि नगरले नागरिकको जिवन बचाउन महत्पुर्ण भुमिका खेलेको बताउनु भयो । बजेट योजना राम्रा रहेका छन यद्यपी कोरोनाका कारण थपघट हुन सक्छ यसलाई सबैले सहज रुपले लिनु पर्छ । मानवको जिवन भन्दा अरु ठुलो कुरा केहि  हुन सक्दैन उहाँले भन्नु भयो ।  कार्यक्रममा सांसद विष्णु पन्थिले यस पटकको बजेट योजनाहरु राम्रो रहेको बताउदै यसको कार्यान्वयमा जोड दिनु पर्ने जनाउनु भयो । वाणगंगामा आउने वर्षमा प्रदेश सरकारका केहि ठुला योजना सहित ५० करोड बढि बजेट परेको दाबी गर्नु भयो ।

        कार्यक्रममा नगरका मेयर मंगल प्रसाद थारुले सबैलाई समेटेर बजेट ल्याइएको बताउदै  यसको कार्यान्वयनका लागि सबैले सहयोग पुर्याउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा वडा अध्यक्ष , सदस्य , कार्यपालिका सदस्य , पत्रकार , नगरका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।  

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६