अर्थ-वाणिज्य

सैनामैना नगरपालिकामा दुई सय फाइबर ग्लास डस्टबिन हस्तान्तरण



रुपन्देही ११ असार ।  रुपन्देहीको सैनामैना नगरपालिकामा रु आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन आज हस्तान्तरण भएको छ ।  मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा ग्लोबल आइएमई बैँक मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक लिमिटेड मुर्गिया शाखा र मुुक्तिनाथ विकास बैँक लिमिटेड कलौनी शाखाको आर्थिक सहयोगमा डस्टबिन हस्तान्तरण गरिएको हो ।

      सो अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले धमिलो पानी आउने समस्याको विकल्प खोजी समाधान गर्नुपर्ने बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गरी नगरपालिकाको सामुुुदायिक सरसफाइमा जोड दिँदै बैँकहरुका तर्फबाट रु तीन लाख ६० हजार र मुर्गिया खानेपानीका तर्पmबाट रु चार लाख ४० हजार गरी रु आठ लाख बराबरको डस्टबिन हस्तान्तरण गरिएको थियो । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वर्तमान समयमा सरसफाइको दायरा फराकिलो बनाउने उद्देश्यले बैँकसँग सहकार्य गरी डस्टबिन हस्तान्तरण गरेको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । 

           बैँकका तर्फबाट मुक्तिनाथ विकास बैँक लिमिटेडका क्षेत्रीय प्रबन्धक गोविद अधिकारी र ग्लोबल आइएमई बैँक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक पदमराज पोखरेलले बैँकहरुले आथिक विकाससँगै सामाजिक विकासको उत्तरदायित्व बहन गरिरहेको बताउनुभयो । निर्माण गरिएका फाइबर ग्लास डस्टबिन लोकमार्गको दायाँबायाँ रामबस्तीदेखि कालिकाचोकसम्म विद्युतीय खम्बामा  राखिनेछ । लोकमार्गका उत्तरदक्षिण सैनामैना नगरपालिकाको मापदण्डानुसार बनेका कालोपत्रे बाटामा समेत डस्टबिन राखिने भएको छ ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६