बिकास थापा कपिललवस्तु असार ११ – मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मर्मलाई आत्मसात गर्दै जेसिज कपिलवस्तुले बिहिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोरोना भाईरसको यो बिषम परिस्थितीमा सामाजिक उत्तरदायि काम गरिरहेको जेसिज कपिलवस्तुले सप्ताहब्यापी कार्यक्रमको अन्तगर्त पाचौ दिन रक्तदान कार्यक्रम आयोजना गरेको हो । प्रतिकुल मौसमका बाबजुद पनि रक्तदान कार्यक्रम सफल भएको र २६ यूनिट रगत संकलन भएको जेसिज कपिलवस्तुका अध्यक्ष मनोज कुमार खत्रीले बताउनुभएको छ । यस अघि चैत्र ३० गते पनि जेसिजले रक्तदान कार्यmक्रम आयोजना गरि ५० यूनिट रगत संकलन गरेको थियो ।
रक्तदान कार्यक्रममा बेडको ब्यवस्थापन यूनाईटेड हस्पिटल चारनम्बर जितपुरले गरेको अध्यक्ष खत्रीको बताउनुभयो । कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनका कारण रगतको अभाव बढ्दै गएको अवस्थालाई मध्यनगर गर्दै यस्तो खालको कार्यक्रम गरिएको उहाको भनाई छ ।
रेडक्रस सोसाईटी तौलिहवा शाखालाई संकलन भएको रगत बुझाईएको कार्यक्रम संयोजक जेसि मधु शर्माले जानकारी गराउनुभयो । रक्तदान गर्ने सबैलाई सम्मान सहित प्रमाणपत्र पनि वितरण गरिएको थियो । यस अघि सप्ताह ब्यापी कार्यक्रम अन्तरगत धान रोपाई ,वक्तृत्वकला ,योगाअभ्यास ध्यानमुलक कार्यक्रम सम्पन्न भईसकेका छन ।
प्रतिक्रिया