लुम्बिनी

यात्रु ओसारपसार नगर्न आग्रह, जोखिमको जिम्मेवारी महासङ्घले नलिने



काठमाडौं, ११ असार ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति  जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो  ध्यानाकर्षण भएको जनाएको छ ।  

            महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ । “सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६