लुम्बिनी

बन्दाबन्दीमा प्रदेश ५ का सडक दुर्घटनामा ६४ को मृत्यु



बुटवल, ११ असार । बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् ।  बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताउनुभयो ।पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र  छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।  

            सडक दुर्घटना कम गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, सडक विभाग तथा स्थानीय प्रशासनले प्रयास नगरेका होइनन् । तर अपेक्षित नतिजा हासिल गर्नसकेका छैनन् । दुर्घटना न्यूनीकरण गर्न चप्पल प्रयोगमा बन्देज,  विन्डसिल्डमा स्टीकर बन्देज,  सडक मर्मत–सम्भार र व्यवस्थापन, डबल रियर भिउ मिरर, सडकको परीक्षण, चालकलाई तालिम,  ट्राफिकलाई पनि ड्राइभिङ तालिम,  सीसी टिभी जडान, चालकको शिक्षा र उमेर तोक्ने, तालिमको प्रमाणपत्र अनिवार्य, जरिवाना रकम परिमार्जन गर्ने,   ट्रयाक्टर चलाउन लिखित परीक्षा, ब्रेक तथा स्टेरिङ मर्मत–सम्भार, साधन सम्पन्न ट्राफिक प्रहरी, जाँचबुझ समिति गठन गरी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६