गण्डकी

गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपिए,संख्या ७९२ पुग्यो



कास्की, १२ असार । गण्डकी प्रदेशमा आज शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ९२ पुगेको छ।  गण्डकी प्रदेशका ४ जिल्लामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

        आज पुष्टि भएकामा पूर्वि नवलपरासीकामात्रै २१ जना छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

        गण्डकी प्रदेशको चार जिल्लाहरू तनहुँ, स्याङ्जा, बाग्लुङ् र पूर्वी नवलपरासीमा सङ्क्रमित बिरामी भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै तनहुँमा २ र स्याङ्जा र बाग्ुलङ जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबैलाई आ–आफ्नो जिल्लाको आइसोलेसन कक्षमा ल्यैजाने बताइएको छ ।


प्रकाशित : १२ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६