एजन्सी, १३ असार । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । शनिबार विहासम्म विश्वभर ९९ लाख ४ हजार ९ सय ६ जना कोरोना संक्रमित पुगेका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको हुनसक्ने पूर्वनुमान गरेका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुुसार शनिबार विहनसम्म यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ८६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्वभर संक्रमितमध्ये ५३ लाख ५७ हजार ६३१ सय जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । विश्वभर उपचाररथ ४०लाख ५० हजार ४०९ मध्ये ५७ हजार ६३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा भारी बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
भारतमा कोरोना पुष्टि भएपछि निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् । एसियाली देशहरुमा ५२ हजार संक्रमितको मृत्यु भईसकेको छ ।यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।
युरोपेली देशहरुमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीको मृत्यु भएको छ । यहाँका देशहरुमा १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारको मृत्यु भएको छ ।
उत्तर अमेरिकी देशहरुमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी देशहरुमा१ हजार ४ सय जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नेपालमा कोरोना भाइरसकाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्म नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ २ हजार ६ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया