पर्यटन

कपिलवस्तुलाई न्यून बजेट : पर्यटन र सँस्कृति विकासमा २ करोड



कपिलवस्तु १३ असार  । प्रदेश ५ सरकारले अन्य जिल्लाकालागि पर्यटन र संस्कृति प्रवद्र्धनमा ४ करोड देखि १० करोड सम्म बजेट बिनियोजन भएको भएपनि कपिलवस्तुमा संस्कृती पर्यटन विकास र प्रवद्र्धन कार्यक्रमका लागि १ करोड ९० लाख रकम छुट्याईएको छ । प्रदेश नं ५ सरकारवाट आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रम कार्यान्व्यनका लागि सो वजेट विनीयोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम संचालनका लागि अन्य जिल्लामा भन्दा कम रकम कपिलवस्तुका लागि विनीयोजना गरिएको हो ।         विनीयोजन गरिएको वजेट अन्तर्गत कपिलवस्तु नगरपालीकाको निग्लीहवामा वगैचा सहित कनकमुनी वुद्धको प्रतिमा निर्माणका लागि ३० लाख, यस्तै वगैचा सहित वुद्धको मुर्ति स्थापनाका लागि गोटिहवामा २० लाख रकम छुट्याईएको छ । यस्तै महाराजगंज शिवपुर पल्टा पर्यटन पुर्वधार विकासका लागि २० लाख, वाणगंगा ३ मा रामघाट मुक्तिनाथधाम निर्माणका लागि १० लाख, चन्द्रौटामा दर्गा मन्दिर संरक्षणका लागि १० लाख रकम उल्लेख गरिएको छ ।

        प्रदेश सरकारको योजना अन्तर्गत सिसहनीयकोट पर्यटकिय स्थल व्यवस्थापन तथा संरक्षण मायादेवी ५ का लागि २० लाख, मायादेवी ४ मा लुल्सीडिहवा ताल संरक्षण तथा व्यवस्थापनका लागि २० लाख, कपिलधाम संरक्षण तथा प्रवर्धनका लागि २० लाख रकम राखिएको छ । कृष्णनगर ६ मा समयमाईस्थान पुर्वाधार निर्माणका लागि १० लाख तथा वाणगंगा ७ मा लक्ष्मणघाट सेड÷घाट व्यवस्थापनका लागि २० लाख र महाराजगंज १ मा रामजानकी÷दुर्गा मन्दिर पुर्वाधार विकासका लागि १० लाख रकम छुट्याईएको हो । 

        कपिलवस्तुमा संस्कृती पर्यटन विकास र प्रवद्र्धन कार्यक्रमका लागि प्रदेश सरकारवाट अन्य जिल्लाको तुलनामा छुट्याईएको रकम कम भएको संस्कृती र पर्यटन क्षेत्रको विकासमा लागेका जानकारहरु वताउदछन् । जिल्लाका धेरै स्थानहरु संस्कृत र पर्यटनको हिसावले महत्वपुर्ण मानीएको भएपनि वजेट अभावमा त्यसको व्यवापक प्रचार प्रसार हुन नसक्नु नै प्रमुख कारण भएको वताईन्छ । जिल्लाका १० स्थानीय तह मध्ये सवै स्थानीय तहलाई समेट्ने गरि पनि योजना समावेश गर्न सकिएको छैन ।

         यसले गर्दा पनि गत वर्ष जस्तै यस वर्ष कम रकम विनीयेजना गरिएको देखिएको छ । जिल्लाको शिवपुर नगरपालीका, वुद्धभुमि नगरपालीका, यशोधरा गाँउपालीका, सुद्धोधन गाँउपालीकाकामा त कुनै योजना समावेश नै छैनन् । तर कम मात्रामा अन्य पालीकामा योजना परेको देखिएको छ । यसले गर्दा जिल्लाको पर्यटन प्रवर्धन तथा विकासमा प्रदेश सांसदको भुमिका प्रति नागरिकले प्रश्न गरेका छन । 

जडिवुटि तथा गैर काष्ठ वन पैदावर विकास :

अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा जडिवुटि तथा गैर काष्ठ वन पैदावर विकास कार्यक्रम अन्तर्गत कम वजेट विनीयोजन गरिएको छ । यसको विस्तार तथा कार्यक्रमको लागि आर्थिक वर्ष २०७७/०७८ मा मात्र ३० लाख रकम विनीयोजना गरिएको हो । जिल्लामा जडिवुटिको प्रवर्धनका लागि राम्रो मानीएको भएपनि वजेट कम भएको सरोकारवालाहरुको भनाई छ । जडिवुटी विरुवा उत्पादन, खेती विस्तारका लागि १० लाख रकम छुट्याईएको छ भने जडिवुटि तथा गैर काष्ठ वन पैदावरमा आधारीत उद्यम प्रवर्धनमा सहयोग, संकलन, प्रसोधन, व्यवसायीकरण र पुर्वाधार निर्माण का लागि मात्र २० लाख रकम छुट्याईएको छ । 

भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम :

    भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रमका लागि मात्र ५० लाख रकम विनीयोजन गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा प्रदेश सरकारवाट यसको लागि एक पालीकाको एक स्थानमा मात्र वजेट व्यवस्थापन गरिएको छ । जिल्लाको सुद्धोधन गाँउपालीकाको वडा नं १ मा ५० लाख रकम छुट्याईएको हो । अन्य ९ स्थानीय तहमा भु संरक्षण व्यवस्थापनमा वजेट छुट्याईएको छैन् । जिल्लामा भु संरक्षणका लागि धेरै काम गर्नु पर्ने भएपनि प्रदेश सरकारले संघीय सरकारमार्फत हुने जनाउदै कम वजेट विनीयोजना गरेको हनु संक्ने अनुमान गरिएको जनाईएको छ । 

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६